Saturday, June 20, 2026

श्यामप्रसाद स्मृति पुरस्कार - २०८३ विजय कठायतलाई समर्पण गरियो

वैकुण्ठहरि श्रेष्ठ स्मृति प्रतिष्ठानको आयोजनामा यही २०८३ साल असार ६ गते श्याम प्रसाद शर्माको ९७ औं जन्मजयन्तीको अवसर पारेर श्यामप्रसाद स्मृति पुरस्कार - २०८३ समर्पण कार्यक्रमको आयोजना गऱ्यो । वैकुण्ठहरि श्रेष्ठ स्मृति प्रतिष्ठानका अध्यक्ष श्यामकृष्ण श्रेष्ठको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा आदर्श माध्यमिक विद्यालय, लायकु, ठिमीका छात्र विजय कठायतलाई रू. १oooo / - (दस हजार) नगद र प्रमाणपत्रसहित पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा प्रगतिशील लेखक सङ्घका पूर्व अध्यक्ष मातृका पोखरेल, प्रसिद्ध जनसंगीतकर्मी श्याम तमोट, आदर्श माध्यमिक विद्यालय, लायकू, ठिमीका प्रधानाध्यापक बुद्धि कुमार द्यों श्रेष्ठ लगायतले वैकुण्ठहरि श्रेष्ठ र श्यामप्रसाद शर्माको योगदानबारे मन्तव्य राखेका थिए ।
कार्यक्रमको संचालन साहित्यकार कृष्णमोहन जोशीले गर्नुभएको थियो ।

000


















No comments:

Post a Comment