चेरब स्मृति प्रतिष्ठानले मिति २०८२/०५/२१ गतेका दिन प्रतिष्ठानलेको बाह्रौँ साधारणसभा तथा सम्मान एवम् पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रमको प्रमुख अतिथि,प्राज्ञ, डाक्टर,प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति तथा साहित्यका, आदरणीय विष्णु विभु घिमिरे हुनुहुन्थ्यो भने,भाषा आयोगका माननीय सदस्य मातृका पोखरेल -विशिष्ट अतिथि,वरिष्ठ अधिबक्ता,पूर्व सचिव,घिमिरेबन्धु राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष चेतनाथ घिमिरे विशेष अतिथि,विद्युतकर्मी साहित्यिक समाजका पूर्व अध्यक्ष,पूर्व निर्देशक नेविप्रा विष्णु बहादुर सिह, नेविप्राका निर्देशक श्री थर्कबहादुर थापा,गोरखापत्र संस्थानका पूर्व महाप्रवन्धक कपिल घिमिरे,सान्जेन जलविद्युत केन्द्रका प्रमुख कार्यकारी अधिकृत श्री अर्पण बहादुर सिंह(उहाँ चेरब स्मृति प्रतिष्ठननका संरक्षक पनि हुनुहुन्छ),वित्तप्रमुख श्री घनश्याम श्रेष्ठ,हरिकृष्ण घिमिरे लगायत विशेष अतिथिका रूपमा र घिमिरेबन्धु राष्ट्रिय प्रतिष्ठानका केन्द्रीय सदस्य द्वय जगदीश्वर घिमिरे, राम प्रसाद घिमिरेका साथै विद्युतकर्मी साहित्यसक समाजका अध्यक्ष विष्णु आचार्य "अतृप्त" लगायत ब्यक्तित्वहरू अतिथिका रूपमा उपस्थित हुनुभएको थियो।
Tuesday, September 9, 2025
चेरबस्मृति प्रतिष्ठानको बाह्रौँ वार्षिकसाधारण तथा सम्मान एवम् पुरस्कार वितरण कार्यक्रम सम्पन्न !
प्रतिष्ठानले समावजसेवी,नेविप्राका कर्मचारी श्री शुकदेव घिमिरेलाई चेरव स्मृति सम्मान प्रदान गरिएको प्रमुखअतिथिबाट गरिएको थियो ।
उक्त कार्यक्रममा पेश भएका,आर्थिक,साङ्गठनिक र विधान संशोनको प्रतिवेदन तथा मस्यौदा एकमतले पारित भएका थिए।प्रमुख अतिथिले कार्यक्रम महत्वपूर्ण भएको, यसरी १२ वर्षसम्म छोरालाई बचाउने कार्य रत्नन पुण्यले गरेकोमा प्रशंसा ब्यक्त गर्नु भयो भने विशेष अतिथिले यसकिसिमको कार्यक्रम र निरन्तराका लागि प्रतिष्ठानलाई धन्यवाद दिनुभयो।स्वागत मन्तव्य चक्र दवाडी, धन्यवाद मन्तव्य मधुष न्यौपानेले गरेको उक्त कार्यक्रममा सान्जेनका प्रमुख कार्यकारी अघिकृत ई.श्री अर्पण बहादुर सिंहले प्रतिष्ठानको सफलताको कामना गर्दै सान्जेनबाट आवश्यक सहयोग गरिदै रहने भावना व्यक्त गर्नु भएकोथियो ।
000
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment